२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

एकदिवसिय क्रिकेटमा भारतको कब्जा

एजेन्सी । भारतले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। आइतबार पुनेमा भएको तेस्रो तथा निर्णायक खेलमा भारतले इंग्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित हात पार्‍यो।

यसअघि पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा इंग्ल्यान्डले जित निकालेको थियो। आइतबार भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १४ रन चाहिएको थियो भने दुई विकेट बाँकी थियो। पहिलो बलमा मार्क उड १४ रनमा रनआउटको सिकार बने। त्यसपछिका तीन बलमा इंग्ल्यान्डले बाउन्ड्री हान्न सकेन। पाँचौ बलमा साम कुरानले चौका प्रहार गर्दा अन्तिम बलमा कुनै रन जोड्न सकेनन्। त्यसपछि खेल भारतको पक्षमा गयो।

कुरानले नटआउट ९५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ८३ बलमा ९ चौका र ३ छक्का हिर्काए। इंग्ल्यान्डको डेभिड मलानले ५० रन जोडे। उनले ५० बलमा ६ चौका हिर्काए। बेन स्टोक्सले ३५ रन जोडे। त्यसअघि जोनी बेयरस्टो १ रन र जासन रोए १४ रनमा आउट भए। कप्तान जोस बटलरले १५ रन र लियाम लिभिङस्टोनले ३६ रन बटुले। मोइन अलीले २९ रन जोड्दा अदिल रासिदले १९ रन बनाए।

बलिङमा भारतका शार्दूल ठाकुरले ४ विकेट लिए। भुवनेश्वर कुमारको नाममा ३ विकेट रह्यो। त्यसअघि इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारत ४८।२ ओभरमा ३२९ रनमा अलआउट भयो। भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले ६७ रन जोडे। ओपनर रोहित शर्माले ३७ रनको योगदान दिए। कप्तान विराट कोहली ७ रनमा आउट भए। रिशव पन्त ७८ रनको योगदान दिए। उनले ६२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

केएल राहुल ७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या ६४ रन बटुले। पाण्ड्याले ४४ बलमा ५ चौका र ४ छक्का हर्काए। क्रुनाल पाण्ड्या २५ रन र शार्दूल ठाकुरले ३० रन बनाए। बलिङमा इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए भने अदिल रासिदले २ विकेट हात पारे।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?