१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

त्रिकोणात्मक फुटबल: कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

एजेन्सी । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन। बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

छनोटअघि प्रतियोगिताको उपाधि जिते टिमको आत्मविश्वास बढ्ने दुवै टिमका प्रशिक्षकको भनाइ छ। दशरथ रंगशालामा तय भएका विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?