एजेन्सी । उत्तरी मोजाम्बिकस्थित पाल्मा बस्तीमा भएको आक्रमणमा दर्जनौं व्यक्ति मारिएको सुरक्षा विभागका प्रवक्ता ओम सारङ्गाले जनाएका छन् । यस घटनाबाट स्थानीय र विदेशीगरी सयौं नागरिकहरुलाई उद्धार गरिएको पनि अधिकारीहरुले जनाएका छन् ।
गत बुधबारदेखि यो क्षेत्र इस्लामिक हतियारधारीको निशानामा छ । प्रत्यक्षदर्शीहरुका अनुसार धेरै मानिसहरु होटलबाट भागेर डुंगामा सवार हुँदै अर्को बस्तीतर्फ लागेका थिए । यसक्रममा होटलबाट भाग्न खोजेका ७ जनाको पनि मृत्यु भएको मोजाम्बिकको प्रवक्ता सारङ्गाले बताए ।
घटनाबाट बाँचेर भागेका एक ठेकेदारका अनुसार उनी होटलबाट भागेर शुक्रबार राति समूूद्री किनारमा लुुकेर बसेका थिए । त्यसपछि शनिबार बिहान डुङ्गामार्फत उनको उद्धार भयो ।