काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ । यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।