१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

रामबहादुर चौहान सहित ३ नेता एमालेबाट निष्कासित

अर्घाखाँची । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको विभिन्न पदमा रही केहि समयदेखी पार्टी विरोधी क्रियाकलाप गरेकाले पार्टीबाट निष्कासन गरेको छ ।

आज जिल्ला कार्यालयमा बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधीमा संलग्न रहेको भन्दै नेकपा एमालेका तत्कालीन पुर्व जिल्ला सचिव रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा, सिद्धीप्रसाद भुसाललाई पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले नेता तिलक मिश्रले बताए ।

‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तीहरुलाई पार्टी विधान अनुसार स्पष्टीकरण माग गर्ने निर्णय भएको पार्टी अध्यक्ष चेतनारायण आचार्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?