१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

तनहुँको भिमाद नगरपालिकाले विद्यालयमा बिदा नदिने

तनहुँ । सरकारले वायु प्रदूषणका कारण आउँदो चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि तनहुँको भिमाद नगरपालिकाले विद्यालयमा बिदा नदिने भएको छ ।

भिमाद नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विज्ञप्ति निकालेर नगर क्षेत्रभित्र अहिलेसम्म कुनै वातावरणीय समस्या नदेखिएकाले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो । भिमाद नगरपालिकामा अहिलेसम्म तुवाँलो वा वायु प्रदूषण नदेखिएको र मौसमविद्हरूले तत्काल समस्या देखिने सम्भावना कम रहेको जानकारी दिएकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘कोरोना महामारीका कारण पढाइमा समस्या ल्याएको छ, यस्तो बेलामा अन्यत्र भएको मौसम खराबीले यहाँ बिदा दिनु उपयुक्त नदेखिएकाले हामीले बिदा नदिने निर्णय गरेका हौँ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?