देखाउदै धेरै ठूलो शेखी शिक्षिका हुँ भन्थी
अनेक बिषय पाठ लेखी शिक्षिका हुँ भन्थी
आज धोकाको पाठ मज्जाले पढाएर गइ
भन्न त पहिले नै देखि शिक्षिका हुँ भन्थी
आफ्नो जिन्दगी देखि आफै हार्न मन छ
दुःख पीडा नै होस् बरु स्विकार्न मन छ
तिम्रो जिन्दगी यत्ती सम्म सप्रीयोस कि
मलाई मेरो जिन्दगी यसरी बिगार्न मन छ
नसकिदो रहेछ हतपत भुलौँ भने पनि
सम्झिने परिसक्यो लत भुलौँ भने पनि
वर्तमान पनि मीठो कहाँ लागेको छ र ?
नमिठो सम्झिएर बिगत भुलौँ भने पनि
घर न घाटको पार्यौ भन्न कहाँ सक्छु
मलाई जिउँदै मार्यौ भन्न कहाँ सक्छु
भाग्यकै कारण बिग्रीयो भनुला बरु
तिमीले जीवन बिगार्यौ भन्न कहाँ सक्छु
भाग्यमा दोष नलाइ हाँस्न कहाँ दिन्छन ?
भाग्यमानी कहलाइ हाँस्न कहाँ दिन्छन ?
तिमीले हाँसी खुशी रहनु भन्दै छोड्यौ
तिम्रा यादले मलाई हाँस्न कहाँ दिन्छन ?
लेखक : पदम पाण्डे , (स न पा ९ अर्घा अर्घाखाँची)
रचनाकार पाण्डे समसामयीक बिषयबस्तुमा केन्द्रित भइ कलम चलाउने सर्जक हुन ।