८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

फुटबल टिमका पूर्व कप्तान विराजले लिए खेल जीवनबाट सन्न्यास

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।

राजधानीमा सम्पन्न थ्री नेसन्स कपपछि विराजले राष्ट्रिय टिमबाट संन्यास लिएका हुन्। थ्री नेसन्स कपको फाइनलमा विराज ८९ मिनेटमा त्रिदेव गुरूङको स्थानमा मैदान प्रवेश गरेका थिए। नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । विराजले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्। त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए। थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए। सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे। उनले खेलेका तीन वटा क्लबबाट लिग जित्ने अवसर पाए।

राष्ट्रिय टिमबाट ७३ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए। उनले राष्ट्रिय टिमबाट एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन्। अनिल गुरूङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए। तर टिममा नियमित स्थान बनाउन भने सकेनन्। विराजले नेपालले तीन वटा उपाधि जित्दा नेतृत्व गरे। नेपालले बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप जित्दा उनी मैदानमा कप्तानको भूमिकामा थिए।

उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ भने प्रधानमन्त्री ओलीले मायाको चिनो दिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?