१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सकाे सानदार जित

काठमाण्डाै । विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित दर्ता गरेका छन् ।

गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १–० गोलले पराजित गरेको छ । यस्तै पोर्चुगलले लक्जम्बर्गलाई ३–१ गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?