प्युठान । विगत २ बर्षदेखि निमित्त प्रमुखको भरमा चल्दै आएको प्युठानको जिल्ला अस्पतालले केहि दिन पहिला मात्र डा. दर्नाललाई सुपरिटेन्टको रुपमा पाएको छ । सामान्य रोगहरुको लागी पनि दाङ, नेपालगञ्ज तथा बुटवल धाउनु पर्ने बाध्यतामा रहेका विरामीहरु अव जिल्लामै अनुभवी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर दर्नाललाई पाएसंगै अस्पतालमा गुणस्तरिय सेवा पाउनेमा विरामीहरु ठुक्क भएका छन ।
अस्पतालको जिम्मेवारी पाएसंगै अस्पतालको सेवा सुविधा विस्तार तथा गणस्तरीय सेवाको लागी डा. दर्नाल खटिएका छन् । अस्पतालमा नयाँ सेवाको विस्तार समेत गर्न थालिएको छ ।
जिल्ला अस्पतालमा प्रोगशालाको सुविधा एक कार्यक्रमका बिच उद्घाटन गरी संचालनमा ल्याईएको छ । प्रयोगशालाको जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्य र प्युठान नगरपालिकाका प्रमुख अर्जुन कक्षपतिले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रयोगशालामा अत्याधुनिक मेशिनले थाइराइड लगायत, भिटामिन तथा क्यान्सर को लागी ट्युमर मार्कर समेत परिक्षण गर्न सकिने छ । यस्तै एक्स रे सेवा, भिडियो एक्स रे सेवा तथा ईसीजी सेवा समेत उपलब्ध हुने छ ।
अस्पतालले अहिले विशेषज्ञ सेवाहरु अन्तर्गत फिजिसियन ,प्रशुति तथा स्त्री रोग, सर्जरी, हाड जोर्नी तथा नसा रोग, मानसिक तथा बालरोग लगायतका सेवाहरु उपलब्ध गराउदै आएको छ । अस्पतालकोे सेवालाई चुस्त दुरुस्त बनाउदै गुणस्तरीय उपचार प्रदान गर्ने सुपरिटेन्ड डा. दर्नालले बताए । अहिले अस्पतालको सेवा सुविधा तथा उपचार पद्धतीमा सुधार हुदै आएको स्थानियले बसीको भनाई छ ।