१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण

प्रेमनारायण आचार्य
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ । आज एक कार्यक्रमका विच सेनेटरी प्याड विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेर नगर प्रमुख कमल प्रसाद भुसालले शुभारम्भ गरेका छन ।

विद्यालयमा अध्यायन गर्न आउने छात्राहरुले महिनावारी भएको समयमा विद्यालय छाड्न नपरोस भनेर नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।  कक्षा ६ देखि १२ सम्मका २५ सय २३ छात्राहरुका लागि एक छात्रा १४ प्याकेटका दरले वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव युगल नारायण वसेलले जानकारी दिए।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष ईश्वरी प्रसाद भुसाल, कार्यपालिका सदस्य सुजना बिक, विद्यालय निरिक्षक मञ्जु आचार्य लगायतको उपस्थिति रहेको थियो । कायक्रम सन्धिखर्क नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव युगल नारायण वसेलको सञ्चालनमा सम्पन्न भएको हो ।

यस अघि गत आर्थिक बर्षको बजेटबाट भाद्र महिनामा पनि नगरपालिका भित्र रहेका २५ सय २६ छात्राहरुकालागि प्रति विद्यार्थी १६ प्याकेटका दरले प्याड वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?