१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

बारीको कान्लामा किरीया बसेका कुँवर परिवारलाई नेपाली कांग्रेस सनपा १२ को सहयोग

प्रेमनारायण आचार्य
सन्धिखर्क । आर्थिक अभावका कारण आफ्नो स्थायी घर समेत नभएर बारीको कान्लामा जस्ताले बारेर किरीया बसेका कुँवर परिवारलाई नेपाली कांग्रेस सन्धिखर्क १२ ले आर्थिक सहयोग गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्वर १२ आफ्र निवासी स्वर्गीय सुन्तली देवी कुवरका दुई छोराहरु यतिबेला बारीको काल्नामा जस्ता पाताले वरिपरि बेरेर अस्थायी झुपडी निर्माण गरि किरिया बसेका थिए । कुवरका दुई छोराहरु बिस्णु बहादुर कुवर र श्रीधर कुवर आमाको किरिया बारीको काल्नामा बसेर गरेका हुन् ।

केही दिन अघि मात्र उक्त स्थानमा पुग्नु भएका नेपाली काङ्ग्रेस सनपा १२ का वडा सभापती लिलाधर बस्यालले उक्त परिवार समस्या देखे पछि सार्वजनिक रुपमा आर्थिक सहयोगको लागि सामाजिक सन्जाल मार्फत आह्वान गरेका थिए । त्यस लगत्तै सहयोग रकम जुटेसङ्गै आर्थिक सहयोग लिएर नेपाली काङ्ग्रेस सनपा १२ को टोली उक्त स्थानमा पुगेको छ ।

बारीको काल्नामा जस्तापातले वरिपरि बेरेर आमाको किरिया गरिरहेका दुई छोराहरुको अबस्था देखेर उपस्तिथि सबैजना भावुक बने । सहयोग रकम लिएर पुगेको काङ्ग्रेस सनपा १२ को टोलीले २५ हजारको चेक परिवारलाई हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण गर्दै वडा सभापती बस्यालले नेपाली काङ्ग्रेस कसैको दुख देख्न नसक्ने भन्दै सहयोग रकमका लागि फेसबुकमा आह्वान गरेको हुँ । मनकारी सनपा १२ का युवा साथीहरुको सानो सानो सहयोगले यो सम्भव भएको हो । बस्यालले भने , “यो पहिलो चरणको सहयोग हो , सहयोग रकम जुट्ने क्रम जारी छ , यदि परिवारले चाहे अस्थायी बसोबास लागि घर निर्माण गरिदिने समेत बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती केसवराज कुवर , पुर्व जिल्ला कोसाध्यक्ष हरि बहादुर खड्का , सनपा १२ उपसभापति मेख बहादुर थापा , सचिव तारा प्रसाद बस्याल , चारतारा बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर खड्का , शिक्षक संघका गोबिन्द बस्याल , समाजसेवी पशुपती पौडेल ,सोम बहादुर खड्का , युवा समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?