१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

महोत्तरीमा अज्ञात समुहकाे गाेली लाग्दा एकजना घाइते

 

जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार  जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएका छन ।  आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ , एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले बताए । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?