२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यका भित्रिने नाकामा कडाइ

काठमाण्डाै । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ ।

उपत्यकामा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनकाअनुसार काठमाण्डौ जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ ।

सङ्क्रमण दर बढ्न थालेसँगै गएको आइतवारदेखि नै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यस्तै सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको उनले जानकारी दिए । सङ्क्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिने पराजुलीले बताए ।

भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि सङ्क्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।  मन्त्रालयले ठूलो संख्यामा मानिसको भेला पूर्णरुपमा रोक्न, जुलुस, भीडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?