१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

कांग्रेसमा सहमति : प्रधानमन्त्रीको राजीनामा माग्ने, सरकार बनाउन अग्रसरता लिने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए । नेताहरुबीचको सहमतिपछि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्ताव आएको ती नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?