१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे, निगम भन्छ : अझै घाटा छ

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

निगमले पेट्राेल, डिजल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिए ।  अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासकाे मूल्य भने यथावत् रहेकाे निगमले जनाएको छ । मूल्य समायाेजनपछि पनि निगमले १५ दिनमा ८८ कराेड रुपैयाँका दरले घाटामा रहेकाे दाबी गरेकाे छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?