८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हरायो

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हराएको छ ।

आज बिहान भएको खेलमा युनाइटेडले ब्राइटनलाई २-१ गाेल अन्तरले हराएको हो । ब्राइटनका डेनी वेलबेकले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा युनाइटेडले दुई वटै गोल दोस्रो हाफमा गरेको हो ।

युनाइटेडका मार्कस रासफोर्डले ६२ औं र मेसिन ग्रिनबुडले ८३ औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा ६० अङ्कका साथ युनाइटेड दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ७४ अङ्क छ । १६ औं स्थानको ब्राइटनको ३२ अङ्क छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?