८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

लुम्बिनी प्रदेशसभामा ‘कारवाही’ का कारण दुई सांसदको पद रिक्त हुँदै

बुटवल । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले सांसद पद गुमाउने भएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले उनीहरुमाथि कारवाहीको पत्र पढेर सुनाउने भएका हुन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा सामेल भएसँगै माओवादी केन्द्रले उनीहरुमाथि कारवाही गर्दै प्रदेश सभालाई पत्र पठाएको हो ।

सोमबार बस्ने बैठकमा सभामुखले सो पत्र पढेर सुनाउने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए । सभामुखले सो पत्र पढेर सुनाएसँगै दुवै सांसदको पद गुम्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?