काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा केपी ओलीलाई एमाले दिएपनि नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । आफूनिकट बागमती प्रदेश कमिटीको मंगलबार आयोजित बैठकमा नेता नेपालले निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् ।
उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए । आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने उनको भनाइ छ । एउटै डुङ्गामा यात्रा गर्नेहरूलाई आफूले सफलताका साथ वारीबाट पारी पु¥याई छाडने उनको प्रतिवद्धता छ ।
उनले भने ‘भोलि वैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरूलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ, त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौँ । त्यसो हुनाले बीचमा तपाईहरूलाई छाडने छैनौँ । तपाईहरू र हामी एउटै डुङ्गामा सवार भएका छौँ, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौँ । लक्ष्यसम्म पुगि छाडने छौँ । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’
नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरूसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उनले बताए । उनले भने ‘हामीले संयुक्त जनमोर्चासँग कुरा ग¥यौँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, मोहन बैद्यजीहरूको समूहसँग कुरा ग¥यौं उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरूले पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरूसँग एकतावद्ध भएर जान चाहन्छौँ । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरू खडा ग¥यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’
आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको नेपालको भनाइ छ । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको आरोप लगाउँदै नेपालले ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले प्रचण्ड र अन्य दलहरूसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेपालको भनाइ छ ।
ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेपालले बताए । आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको नेपालले बताए ।