२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

इन्डोनेसियामा बाढी र पहिरोमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७७ पुग्याे

 काठमांडाै । इन्डोनेसिया र तिमाेर लेस्तेमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७७ पुगेकाे छ ।

बाढी र पहिरोको कारण अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका जाकार्ताका सरकारी अधिकारीहरुले बताएका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेक देश तिमाेर बढी प्रभावित भएको बीबीसीमा उल्लेख छ ।

यस प्रकोपबाट इन्डोनेसियामा १४० र तिमाेर लेस्तेमा ३७ जनाको ज्यान गएकाे इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । निकायका अनुसार तिमाेरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गएकाे छ । इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराइरहेका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।

बाढी पहिरोका कारण दर्जनौँ घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ । वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ ।

गएकाे जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ सहरमा आएको बाढीमा परेर कम्तीका ४० व्यक्तिको ज्यान गएकाे थियाे । इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्दै आएका विपद् सम्बन्धित एक अध्ययनले देखाएकाे छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?