२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

भारतमा खोप लगाइसकेका ३७ डाक्टरसहित एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?