काठमाण्डाै । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो सङ्कटका लागि तयार रहन आग्रह गरेका छन ।
नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरे । उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प प्राय छ ।
चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप सङ्कटपूर्ण बनेको हो ।
मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य सङ्कट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएको छ ।