१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा अशोक खनाल

भिम बिसी ।
अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा अशोक खनाल निर्वाचित भएका छन् ।

२५ गते भएको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलका अशोक खनाल ७२ मत ल्याउँदै विजयी भएका हुन् । कुल एकसय १६ मत मध्ये खनालले ७२ मत पाएका हुन् भने अर्का अध्यक्षका उम्मेद्वार गणेश खनालले ४३ मत ल्याए । एक मत बदर भएको थियो । यस्तै उपाध्यक्षमा विरेन्द्र केसीले ८१ मत ल्याएर विजयी भए । उनीसंगै उपाध्यक्ष पदमा भिडेका बसन्त श्रेष्ठ ‘छापेली’ ले ३३ मत मात्रै पाए । महिला उपाध्यक्षमा भगवता पाण्डेले ७४ मत ल्याएर विजयी भईन् । उनी विरुद्ध सबिता आचार्यले ४२ मत ल्याईन् ।

सचिवमा विनोद गैरेले ८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बिष्णुकुमार आलेले ३१ मत ल्याए । कोषाध्यक्षमा रुद्रमणि भुसालले ७७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी नविन केसीले ३७ मत ल्याए । सहसचिवमा हृदय कुमार भुसालले ८४ मत ल्याउँदा उनका विरुद्धमा हुमबहादुर बिकले ३२ मत मात्र ल्याए । सदस्यहरुमा गोपालप्रसाद भट्टराइले ८०, अशोक चौहानले ७९, बिष्णु खनालले ७६, घनश्याम पौडेलले ७५, लक्ष्मण घिमिरेले ७४, सागर परियारले ७४, बसन्त बिकले ७२, बाबुराम रसायलीले ७० र जितेन्द्र खत्रीले ६९ मत ल्याएर विजयी भए ।

समावेशी सहसचिवमा अनिल नेपाली निर्विरोध भए भने सदस्यहरुमा सरिता भुसाल र अम्बिका श्रेष्ठ निर्विरोध निर्वाचित भए । यस्तै प्रदेश परिषद् सदस्यहरुमा अशोक पौडेल, देवेन्द्र कुँवर, मेहरसिंह केसी, गोमा भुसाल, विजय केसी, कमल बिष्ट र कुशल भुसाल निर्विरोध निर्वाचित भए । यस्तै केन्द्रिय परिषद् सदस्यहरुमा बिष्णु भुसाल ७९ मत र सुर्य भुसाल ७६ मत सहित विजयी भए । महिलाबाट पार्वता श्रेष्ठ र आदिवासी, जनजातीबाट मधुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

छ संगठनको गठबन्धनमा चुनाव लडेको लोकतान्त्रीक प्यानलका सबैले जित निकालेका हुन् । अबको तिन वर्ष महासंघमा यही नेतृत्वले काम गर्नेछ । निर्वाचित सम्पुर्णले पद तथा गोपनियताको सपथ पनी लिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?