१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

आइपीएल : बेङ्ग्लाेरद्वारा मुम्बई इन्डियन्स पराजित

काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लाेर विजयी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पाएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

बेङ्ग्लाेरको जितका लागि एबी डेबिलियर्सले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिएका थिए ।

मुम्बईको कप्तानी रोहित शर्मा र बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?