१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाण्डाै । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।

कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले विन्दू रावतको नटआउट ४४ रन मद्दतमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो ।

प्रतियोगिताको विजेता एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार पाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?