१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

लुम्बिनी आवाजद्वारा नव निर्वाचित महासंघ पदाधीकारीलाई सम्मान

भिम बिसी ।
अर्घाखाँची । लुम्बिनी आवाज डटकमको आयोजना मा क्यालेन्टर प्रकाशन तथा नव निर्वाचित पत्रकार महासंघ अर्घाखाँचीका पदाधीकारी लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रम का प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले पत्रकार राष्ट्रको चौथो अंग भएकाले सधै सत्य तथ्यमा लाग्न आग्रह गरेका छन । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क नेपाली कांग्रेसका सभापति विष्णु मुस्कान, नेकपा एमालेका राम बहादुर चौहान, नेकपा माओवादीका ठाकुर सौराग, राष्ट्रिय जनर्मार्चाका गोपाल पौडे्ल समाजवादी पार्टीका नेत्र थापा मगर ,नव निर्वाचित पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,उपाध्यक्ष वीरेन्द्र केसी,सचिव बिनोद गैरे,पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य सुर्य प्रसाद भुसाल लगायले लगायले शुभकामना मन्तव्य राखेका थिए ।

साथै संस्थालाई अगाडि बढाउन अनबरत रुपमा खटिएको भन्दै सस्थाका प्रबन्ध निर्देशक हलिम खान र लुम्बिनी प्रदेश प्रमुख सागर पौडेल सम्मान समेत गरीएको छ । कार्यक्रम लुम्बिनी आवाजका अध्यक्ष कोपिल पोख्रेलको अध्यक्षता सुरज रायमाझीको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?