भिम बिसी,
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्रका मासु पसल अनुगमन गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ भित्रका झन्डै १३ भन्दा बढी मासु पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही मासु पसलहरु खुल्ला रुपमा बध गर्ने गरेको पाइएको छ । उनिहरुलाइ १५ दिन भित्र सुरक्षित र गोप्य स्थानमा बध गर्न निर्देशन गरिएको छ अन्यथा पसल बन्द गर्ने समेत चेतावनी दिएको छ ।
त्यस्तै केही पसल दर्ता बिना नै संचालिन भएको, दर्ता गरेको भएता पनि नवीकरण नगरेको , मूल्य सुचि नराखेको, पसलको नाम बिना नै संचालन गरेको पाइएको छ । यस्ता पसलहरुलाइ १५ दिन भित्र सम्पुर्ण कानुनि प्रक्रिया पूरा गर्न निर्देशन गरिएको छ ।
अनुगमनको क्रममा केही पसलबाट फृज भित्र राखिएको बिग्रीएर खान लाएक नभएको झन्डै ३० केजि माछा बरामत गरि डिस्पोज गरिएको छ ।
नगरपालिकाले बधशालाको उचित ब्यवस्थापन गरिदिन व्यावसायिहरुले अनुगमन टोलिलाइ अनुरोध गरेका थिए । उनिहरुको शुझावलाइ मध्यनजर गर्दै जति सक्दो चाडो नगरपालिका र मासु व्यवसायी बिच अन्तरक्रिया गरि समस्या समाधान गर्न पहल गर्ने अनुगमन संयोजक जीब नारायण आचार्यले बताए ।
जिबनारायण आचार्य संयोजक रहेको अनुगमन समुहमा पशु सेवा शाखाका प्रकाश न्यौपाने , नारायण खनाल,बुद्धिराम गौतम , कृषि बिकास शाखाका राजेन्द्र भट्टराई ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पोमनारयण कुँवर, प्रहरी प्रतिनिधि परमेश्वर यादव , उध्योग बाणिज्य संघका प्रतिनिधि दिनेश मरासिनी, चेम्बर अफ कमर्सका प्रकाश भुसाल , पत्रकार भिम बिसि रहेका थियो ।