स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार ढाक्ने पाेसाकमा प्रतिबन्ध

स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार ढाक्ने पाेसाकमा प्रतिबन्ध

काठमाण्डाै । स्वीजरल्याण्डमा सार्वजनिक ठाउँमा बुर्का र नकाबसहितका अनुहार छोप्ने पोसाकमा प्रतिबन्ध लागेको छ ।

सार्वजनिक ठाउँमा अनुहार छोप्ने पोसाक लगाउनु पर्ने नपर्ने भन्ने विषयमा भएको  जनमत सङ्ग्रहमा नपर्नेमा बहुमत आएको हो ।

जनमत सङ्ग्रहले मुस्लिम महिलाले लगाउने बुर्का वा नकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक ठाउँमा प्रतिबन्ध लगाउने पक्षमा सामान्य बहुमत आएको बीबीसीले जनाएको छ ।

प्रतिबन्धको समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको खबरमा उल्लेख छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । तर स्वीस इस्लामिक समूहले भने यो निर्णय मुस्लिम समुदायका लागि कालो दिन भनेको छ ।

सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अरु युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा अनुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेदरल्याण्डस्, डेनमार्क, अस्ट्रिया पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *