अर्घाखाँचीका विभिन्न ठाउँमा मनाईयो महिला दिवस

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिकामा विभिन्न प्रमुख तथा प्रतिनिधीहरुले लैगिक हिँसा अन्त्यका लागि सार्वजनिक रुपमा प्रतिवद्धता गरेका छन् ।
शितगंगा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रेम केसी, शिक्षा शाखा अधिकृत नागेन्द्र नेपाल , स्वास्थ शाखा प्रमुख कृक्ष्ण पौडेल लगायत बिभिन्न सहकारी बिभिन्न शाखाका कार्यरत कर्मचारीले कार्यक्रमको ब्यानरमा हस्ताक्ष्र गरि प्रतिवद्धता जनाएका हुन् ।
शितगंगा नगरपालिकामा नारी दिवसको अबसरमा महिला समान समानताको माग गर्दै ¥याली सम्पन्न गरिएको छ । शितगंगा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ¥याली सम्पन्न भएको हो । महिला सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नारी दिवस शितगंगा नगरपालिकामा समेत मनाइएको हो । शितगंगा नगरपालिकाका बिभिन्न सहकारीमा आवद्ध महिला तथा बिभिन्न बिद्यालयका बिद्याथीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले महिला असमानता बिगतको तुलनामा निकै कमी भएको बताए । नेपाल सहित विश्वमा महिला सहभागीतामा वृद्धि भइसकेकोले पनि क्रमस महिलाहरुले समेत समान अबसरमा वृद्धि भए पनि नितीकै रुपमा महिला सहभागीता हरेक क्षेत्रमा समान हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम केसी, नेकपाका प्रतिनिधी काशी आचार्य, काग्रेश प्रतिनिधी सुमन्त पौडेल, बिभिन्न सहकारीमा आवद्ध महिला प्रतिनिधी लगायतले आफ्नो धारण राखेका थिए । रोजगार शाखा प्रमुख नरमाया सुवेदिको स्वागत मन्तव्य, शितगंगा एकल महिला संघका अध्यक्ष मेनाका श्रेष्ठको अध्यक्षता र कुसुम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि १११औं नारी दिवस मनाइएको छ ।
कार्यक्रमको भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले ब्यानर बाचन गरि उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापाले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताए । नगर उप–प्रमुख खडानन्द बेल्वासेले पछिल्लो समय देशका बिभिन्न स्थानहरुका भएका महिला हिंसाका घटनाहरुले स्तब्ध बनाएको उल्लेख गर्दै अव महिलामाथीका हरेक हिंसा अन्त्य गर्न सबैको सामुहिक प्रयासवाट मात्र सम्भव भएको हुँदा यस सवालमा सबैजनाको ऐक्यवद्धताको खाँचो भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत लिला वहादुर राउत क्षेत्रीले हाम्रो समाजमा दिनानुदिन महिलामाथि हुने गरेका हरेक किसिमका हिंसाहरु समाज परिवर्तनका वाधक भएको उल्लेख गर्दै महिलाहरुको हक अधिकार र सुरक्षितताको सवालमा भूमिकास्थान नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि विशेष कार्यक्रमहरु संचालन गरिने बताए ।
नगरपालिकाले नारी दिवसको अवसरमा कुर्चि दौड प्रतियोगिताको पनि आयोजना गरेको थियो । कुर्चि दौड प्रतियोगितामा ४० जना महिलाहरुको सहभागीता भएको थियो । प्रतियोगितामा प्रेमा श्रेष्ठ प्रथम, कल्पना आचार्य द्वितीय, लक्ष्मी सिहं ठकुरी तृतीय र झरना श्रेष्ठले सान्त्वना भए । कुर्ची दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिहरुलाई करुवा तथा प्रमाण–पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नेकपाका प्रतिनिधि झुपलाल खनाल, नेपाली कांग्रेसका भूमिकास्थान नगरपालिकाका सभापति अशोक श्रेष्ठ, सुआहाराकी हिरा पन्थी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगर स्तरीय महिला संजालका उपाध्यक्ष आशा केसीको अध्यक्षता, महिला बिकास निरिक्षक शान्ता आचार्यको स्वागत र मायाँ रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।
भुमिकास्थान नगरपालीका वडा नम्बर-९ ढिकुरा वडा कार्यालयको आयोजनामा १११औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।
वडा सदस्य देवीप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाईएको हो । मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी देवीप्रसाद पोख्रेलले कानुन महिलामैत्री भएपनी व्यवहारमा अझै पितृसत्तात्मक सोंच हावी रहेको बताउनु भयो । सुधार घरबाटै आवश्यक रहेको भन्दै वडा सदस्य पोख्रेलले महिलापुरुष बराबरी भन्ने समान दर्जाको सोंच विकसित गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा मोती भट्टराई, गिरीप्रसाद पोख्रेल, मिना भट्टराई, गायत्रा भट्टराई, मिना पोख्रेल, कल्पना चुँदाली लगायतले मन्तव्य राख्दै महिलालाई चुलोचौकोमा मात्र सिमित राखेर अधिकारप्राप्ती नहुने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा वडा सचिव तुल्सीराम पोख्रेल, गणेश पोख्रेल, भरतप्रसाद घिमिरे, साना किसानका प्रतिनिधी मदन गैरे लगायत वडावासीहरुको उपस्थिती रहेको थियो । ज्येष्ठ महिला रुपकला चुँदालीको अध्यक्षता, मुना पोख्रेलको स्वागत मन्तव्य तथा भगवता चुँदालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला, लोकगित र कुर्सि दौड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
नगरप्रमुख प्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, नगरका कर्मचारी, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । मन्तव्य राख्दै नगरप्रमुख भुसालले महिलामैत्री कानुन निर्माण भईरहेपनी परिवर्तन आउन बाँकीनै रहेको बताए । महिलालाई हेर्ने दृष्टीकोण क्रमिक रुपमा सुधार भईरहेको उनले बताए ।
वक्तृत्वकला, लोकगित र कुर्सीदौड प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कृत समेत गरिएको छ ।