४ असोज २०८१, शुक्रबार
४ असोज २०८१, शुक्रबार

अमेरिकाका अझै ९० प्रतिशत जनसङ्ख्याले खोप लगाउन बाँकी

एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेकाहरु सामान्य जनजीवनमा फर्कन सक्ने बताएको छ । उनीहरूले अरू खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने सीडीसीको नयाँ मापदण्डमा उल्लेख छ ।

खोपको दोस्रो मात्रा लगाएको दुई हप्तापछि खोप लगाएकाहरू सुरक्षित हुने सीडीसीले जनाएको छ । अहिलेसम्म तीन करोड अमेरिकीले खोपको पूर्णमात्रामा खोप लगाइसकेका बीबीसीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूले नयाँ मापदण्ड सार्वजनिक गर्दै पूर्ण खोप लगाइसकेकाहरुले घरभित्र अन्य व्यक्तिहरूसँग भेटघाट गर्दा मास्क वा भौतिक दूरी कायम गर्न नपर्ने जनाएका छन् ।

उनीहरुले घरभित्र भाइरसको गम्भीर बिरामी हुने जोखिम कम भएका सदस्यहरुसँग सजिलै भेटघाट र कुराकानी गर्न सक्ने छन् । यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएका अरूसँग भेट भए पनि आफूलाई कुनै लक्षण देखा नपरे परीक्षण वा क्वरेण्टीनमा बस्न पनि नपर्ने नयाँ मापदण्डमा भनिएको छ । तर, खोप नलगाएका र कोरोना सङ्क्रमणको जोखिममा रहेकासँग भेट्दा भने खोप लगाएकाहरूले मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने खबरमा उल्लेख छ । अमेरिकामा अहिलेसम्म ९ करोड मात्राको खोप वितरण भइसकेको छ ।

एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोपको स्वीकृतिले पनि वितरण सहज भएको छ । तर स्वास्थ्य अधिकारीहरूले अझै पनि कोभिड–१९ गम्भीर चिन्ताको विषय बनिरहेको बताएका छन्। अझै अमेरिकाका ९० प्रतिशत जनसङ्ख्याले खोप लगाउन बाँकी रहेको सीडीसीकी निर्देशक डा। रोसेल वालेन्स्कीले बताईन्।

अमेरिकामा हरेक दिन करिब ६० हजार नयाँ सङ्क्रमित थपिइरहेका छन् । अहिलेसम्म अमेरिकामा २ करोड ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने ५ लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?