मेयर कपमा आज दुई खेल

एजेन्सी । मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे एपीएफ क्लब र वाग्मती प्रदेशबीचको खेल हुँदैछ । यस्तै बिहान पौने ९ बजे नै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुँदैछ ।
हिजो भएको खेलमा त्रिभुवन आर्मीले मेयर-११ लाई ५ विकेटले हराएको थियो । काठमाण्डौ-११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर पाँच बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टाएको हो ।
टिप्पणी