९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

जनतालाई दास बनाउने राजा चाहिंदैन : गगन थापा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यक्ता नभएको बताएका छन् ।

राजाले दिएको यातना, उसले गरेको कुशासन, उसका गतिविधीबाट जनता आजित बनेर सडकमा ओर्लिएको स्मरण गर्दै महामन्त्री थापाले राजा आउने र ल्याउने बाटो अहिलेको आवश्यक्ता नभएको बताएका हुन् । राजाको पालामा भन्दा प्रजातन्त्र आए पश्चात देशमा धेरै विकास भएको भन्दै उनले अहिले कतिपय तत्वले उल्टो पाठ पढाई रहेको बताए । ‘राजा ल्याउने बेमौसमी ढोल पिट्न खोजिएको छ,‘थापाले भने,‘राजा फालिएको राजाकै व्यवहारका कारण हो । पछाडी फर्कनु मुर्खता हुन्छ ।’

हुकुमी शैली अबको युगमा सम्भव नभएको भन्दै उनले सिंहदरबारमा बसेर जनतालाई यातना दिएजस्तोे सजिलो उनिहरुका आवश्यक्ता पुरा गर्न नभएको बताए । जनताका आधारभुत आवश्यक्ता पुरा गर्न नसक्दा यो नैराश्यता उत्पन्न भएको पनि उनले बताए । नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजाले शासन गर्दा देश कंगाल बनाएको भन्दै नेता थापाले जनतामा केही भ्रम, केही निराशा र आवेग रहेको बताए ।

नेपालमा यो वर्ष ईतिहासकै सबैभन्दा बढी पर्यटक भित्रिएको उनले बताए । भारतलाई बिजुली बेच्नेदेखी बङ्गलादेशसंग विद्युत निर्यात गर्ने सम्झौता, राजको पालामा १८५ डलर प्रतिव्यक्ती आय भएको मुलुक अहिले १ हजार चारसय डलर प्रतिव्यक्ती भएको उनले दावी गरे । पञ्चायतकालमा एकसय मध्ये ५५ जना गरिबीको रेखामुनी रहेकोमा अहिले एकसयमा १० जना मात्र गरिबीको रेखामुनी रहेको उनले बताए । दस अर्ब राजाले बाँड्ने ढुकुटी अहिले १७ खर्ब पुगेको, अहिले वार्षिक १ खर्ब ४७ अर्ब रुपैयाँ वृद्धभत्ता, स्वास्थ्यबिमा, अपाङ्ग भत्ता गरेर सिधै जनताले पाउने गरेको, २ सय मेगावाट बिजुली रहेको देशमा प्रजातन्त्र आएपछी दुई हजार ७ सय मेगावाट पुगेको थापाको भनाई छ । राजाको पालामा ७ हजार किलोमिटर सडक रहेकामा अहिले ६० हजार किलोमिटर बाटो पुगेको उनले बताए ।

विकासले अपेक्षकृत गती लिन नसकेको स्विकार गर्दै महामन्त्री थापाले त्यसलाई सच्चाएर जानु पर्नेमा उल्टो दिशामा नहिंड्न आग्रह गरे । व्यवस्था परिवर्तन गर्न लाग्दा अर्को एक पुस्ताले दुख पाउने भन्दै उनले व्यवस्था भित्र रहेका खराब प्रवृत्ती फाल्नुपर्ने बताए ।

प्रतिनिधीसभा सदस्य समेत रहेका थापाले पछिल्लो समय प्रदेश फाल्नुपर्ने आवाज उठिरहेको भन्दै अधिकार फेरी सिंहदरबार केन्द्रित गराउन नहुने स्पष्ट पारे । प्रदेशलाई बलियो बनाउनुको साटो प्रदेश खारेजी तर्फ लाग्यौं भने अधिकार फेरी सिंहदरबार केन्द्रित हुने उनको तर्क छ ।

खर्च कटौती गर्न प्रदेश खारेज नभएर केन्द्रिय मन्त्रालयको संख्या घटाउनु पर्ने बताए । ‘प्रदेश खारेजको कुरा आईरहेको छ,‘थापाले भने,‘यो जायज कुरा होईन, अधिकार पुनः संघिय राजधानी केन्द्रित हुन्छ ।’ प्रदेशलाई अझ बलियो बनाएर संघिय मन्त्रालयमा चार जनाको मात्र मन्त्रीमण्डल बनाउनु पर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?