३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

एमाले र माओवादीले दुर्गा प्रसाईलाई प्रयोग गरे : नैनसिंह महर

नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य नैनसिंह महरले एमाले र माओवादीले दुर्गा प्रसाईको फाईदा उठाईरहेको बताएका छन् ।

राजाको नाममा अराजकता बढेको भन्दै उनले एमाले र माओवादीको स्वार्थ बाँझिदा दुर्गा प्रसाई प्रयोग भईरहेको उनले दावी गरे । एमालेलाई अस्थिरता चाहिएको र माओवादीलाई एमाले तर्साउनु परेका कारण यो गतिविधी भईरहेको उनको तर्क छ ।
कुनै बेला ओली र प्रचण्डका प्रिय पात्र रहेका प्रसाई आज उनिहरुका विरुद्ध उँभिदा दुवैलाई यो कुरा पाच्य नभएको उनले बताए । ‘दुर्गा प्रसाई उक्साहटमा फसेका छन्, महरले भने,‘ओली र प्रचण्डले उनलाई खेलाईरहेका छन् ।’

महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्। राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?