३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

दुर्गा प्रसाईँको कार्यक्रम सिफलमा : घरका छत–छतमा प्रहरी, जमिनमा तालिम प्राप्त कुकुर तैनाथ

गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गर्दै छन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।

कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ । सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?