२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारका लागि सविता उप्रेती छनोट

अटिजम भएका बालबालिकाका लागि काम गरेकी सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट भएकी छन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आयोजना हुने १३ औँ अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने छ ।

उप्रेतीले मानव अधिकार, शान्ति, करुणाका साथै बहुआयामिक मानवीय सेवामा अथक र निस्वार्थ रूपमा काम गरेको, युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

ठूलो व्यक्तिगत जोखिम उठाएर र त्याग गरेर शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तिकरण तथा बालबालिकाको सेवामा काम गर्ने विश्वभरका महिला यो पुरस्कारका लागि योग्य मानिन्छन् । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

सबिता उप्रेतीले १३ वर्षदेखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) स्थापना गरी अटिजम बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन् । हाल यस संस्थाको काठमाडौंको नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छ । ती तीन ठाउँमा गरी ६० जना बालबालिका र किशोरकिशोरीलाई विशेष शिक्षा र थेरापी सेवा प्रदा नगर्ने गरिन्छ ।

जागिरको क्रममा फिल्डमा जाँदा अटिजम भएका बालबालिकाहरुलाई घरमा साङ्लो र डोरीले बाधेर राखेको नाजुक अवस्था देखेर सविताले त्यस्ता बालबालिकाको सेवामा काम गर्ने प्रेरणा पाएकी थिइन् । उप्रेतीले नेपाल सरकारबाट जनसेवा श्री पदक (समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) पनि पाइसकेकी छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?