१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

सुपा देउराली मन्दिरले भूकम्प पीडितलाई १ लाख ५१ हजार सहयोग गर्ने

प्रेम नारायण आचार्य ।
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।

मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले जानकारी दिए ।

मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियो । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?