९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

एमाले अर्घाखाँची रुकुमको भुकम्प प्रभावित क्षेत्रमा श्रमदान गर्दै

नेकपा एमाले अर्घाखाँचीले रुकुमको भुकम्प प्रभावित क्षेत्रमा श्रमदान गरिरहेको छ । नेकपा (एमाले) अर्घाखाँचीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा १५ जना स्वयंसेवक परिचालन गरेको छ ।

उपसचिव शम्भु पोखरेलको संयोजकत्वमा अर्घाखाँचीबाट १५ जनाको टोलीले रुकुम पश्चिममा अस्थाई आवास निर्माणको काम गरिरहेको छ । २० गतेसम्म त्यहाँ काम गर्ने नेकपा एमाले अर्घाखाँचीका कार्यालय सचिव लिला बरालले जानकारी दिए ।

टोलीले पिडितहरुका अस्थायी आवास निर्माण लगायत स्वयंसेवकको रुपमा कामहरु गरेको बरालले बताए । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११, डाँडागाउँमा उनीहरुले अस्थाई आवास बनाउने कार्य गरिरहेका छन् । गत मंसिर पाँच गतेबाट उनिहरु भुकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?