२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

टोप बहादुर रायमाझी आज थुनामुक्त हुन्छन त ?

उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको आज अदालतले निर्णय सुनाउन सक्नेछ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा हिंजो सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उक्त मुद्दामा गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

टोप बहादुर रायमाझी आज थुनामुक्त हुन्छन त ?
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपाली नागरिकसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको खुलेपछी गत बैशाख २० गते एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुजी जारी भएको थियो ।

जिल्ला अदालत काण्माण्डौले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै उनिहरुलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको थियो । शरणार्थी प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

रायमाझीका छोरा सन्दीपका नाममा काटिएको १ करोड ५० लाखको चेक प्रहरीले बरामद गरेको थियो। प्रहरीले गिरोहका सदस्यले एकापसमा र अरूलाई काटेका केही चेक र कागजात बरामद गर्दा सन्दीपको नामका काटिएको चेक पनि भेटाएपछी उनिहरु संकाको घेरामा तानिएका थिए । अन्य आरोपीहरुको बयानपछी रायमाझी र उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसै राती सन्दिपलाई प्रहरीले पक्रेको थियो ।

पक्राउ पुर्जी जारी गर्दा टोप बहादुर गृहजिल्ला अर्घाखाँचीमा थिए । त्यसै दिन (२०८० बैशाख २०) अर्घाखाँचीमा सञ्चारकर्मीसंग कुराकानी गर्दै रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए। प्रहरीले रायमाझी र उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी उनले आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका थिए ।

प्रहरीलाई अनुसन्धानमा सघाउँछु भन्दै हिंडेका रायमाझी एकाएक सम्पर्क विहिन भए । केही दिन उनि सम्पर्कमा नआएपछी प्रहरीले उनलाई फरारको सुचीमा समेत राख्यो । पक्राउ पुर्जी जारी भएको झन्डै १२ दिनपछी २०८० जेठ १ गते उनी काठमाण्डौबाट पक्राउ परे । काठमाण्डौको बुढानिलकण्ठबाट उनि पक्राउ परे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले रायमाझीलाई पक्राउ गर्न यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। पक्राउ पुर्जी जारी हुँदाको दिन रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा थिए। सोही दिन अर्घाखाँचीबाट सभामुख घिमिरेसँगै बुटवल झरेका रायमाझी गौतम बुद्ध विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम थियो। तर उनी काठमाडौं आएनन्। विमानस्थलबाटै पक्राउ पर्ने डरले टिकट रद्द गरी उनी फरार भएका थिए।

सुरुमा रायमाझीले नेपाल प्रहरीका उच्च अधिकारीसँग सम्पर्क गरी काठमाडौंमा हाजिर हुने आश्वासन दिएका थिए। तर उनी प्रहरीको सम्पर्कमा आउनुको साटो फरार भएका थिए। रायमाझीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहतका ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो। रायमाझीको खोजीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को विशेष टोलीसमेत परिचालन गरिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोप खेपेका रायमाझीलाई सचिव पदबाट एमालेले २०८० बैशाख २७ गते निलम्बन गरेको थियो । एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको थियो ।

त्यसपछीका बयानमा पनि रायमाझीले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । जिल्ला अदालत काठमाण्डौले उनिहरुलाई पुर्पक्षका लागी थुनामा पठाएको निर्णय त्रुटीपुर्ण रहेको भन्दै उनिहरुले पुनरावेदनका लागी उच्च अदालतमा निवेदन दिएका थिए । त्यसको निष्कर्ष आज आउने सम्भावना छ ।

टोपबहादुरको भविष्य आजको निर्णयले तय गर्ने छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (17%)
  • दुःखी (17%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (17%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?