९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

डडेलधुराबाट देउवालाई फोन गरेर ओलीले भने ‘जय नेपाल’

महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् ।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन् ।

ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् ।

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/995893648141105/

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?