२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अर्घाखाँची अस्पतालमा पदभार ग्रहण गर्दै बस्यालले भने : अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन पहल गर्छु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची अस्पतालका नवनियुक्त अध्यक्ष लिलाधर बस्यालले विशेषज्ञ चिकित्सकहरु नहुँदा अस्पतालको विश्वसनियता बढ्न नसकेको बताएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको सेवालाई आम नागरिकले भरपर्दो नमान्ने भएकाले उनिहरुको सुविधाका लागी विशेषज्ञ चिकित्सक आजको मुख्य आवश्यक्ता रहेको उनले बताए ।

अस्पतालमा आज पदभार ग्रहण गर्दै उनले विशेषज्ञ चिकित्सक ल्याउन आफ्नो पहल रहने बताए । ‘विशेषज्ञ चिकित्सकबिना अस्पतालको विश्वसनिता बढाउन सकिदैन,उनले भने,‘एक/दुई जना भएपनि विशेषज्ञ डाक्टरहरु ल्याउन मेरो पहल रहने छ ।’ पहिलेको अवस्था भन्दा धेरै राम्रो र भरपर्दो रुपले अस्पतालका सेवाहरु प्रवाह भईरहेको भन्दै अध्यक्ष बस्यालले सबै मिलेर यसको भौतीक र सेवा विकास गर्नुपर्ने बताए ।

अस्पतालको टिमसंग मिलेर यसको श्रीवृद्धीका लागी आफुले हर सम्भव प्रयत्न गर्ने उनको भनाई छ ।

पदभार तथा स्वागत कार्यक्रममा अस्पतालका मेसु डा. जगन्नाथ तिवारीले धेरै कुराहरु अहिले परिवर्तन भईसकेको भन्दै अस्पतालले ५० शैयाको स्विकृती पाएको तर त्यो अनुसारको दरबन्दी कायम हुन नसकेको बताए । आफुहरुले अहिले पनि ६१ वटा बेड राखेर सेवा दिईरहेको भन्दै उनले विशेषज्ञ चिकित्सक नहुँदा सेवा विस्तार गर्न नसकिएको बताए । ‘हामीले यहाँ सक्दो सेवा दिईरहेका छौं,उनले भने,‘विशेषज्ञ डाक्टरहरु हुने हो भने अझ राम्रोसंग सेवा प्रवाह हुने थियो ।’ अस्पतालमा धेरै सेवाहरु अहिले थप भएको उनको भनाई छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, नेपाल प्रेस युनियनका प्रदेश सचिव सुर्य भुसाल लगायतले मन्तव्य राख्दै अस्पतालको सर्वाङ्गीण विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए । अस्पतालको विकासका लागी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने उनिहरुको धारणा थियो ।

नवनियुक्त अध्यक्ष बस्यालले अस्पतालका बिरामीहरुलाई फलफुल बाँडेर आफ्नो पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा अस्पतालका सम्पुर्ण कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (86%)
  • दुःखी (0%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?