९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कांग्रेसमा ‘गुट’ ले महामारीको रुप लियो : चन्द्र भण्डारी

लक्ष्मण घिमिरे ।
बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा गुटले महामारीको रुप लिएको बताएका छन् । केन्द्रिय सदस्य भण्डारीले कांग्रेसका पक्षमा जनता अझैपनि आशावादी रहेको भन्दै पार्टी गुटले कमजोर बनाउँदै लगेको बताए ।

रुपन्देहीको बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले परिवर्तको पक्षमा उभिने कांग्रेसले आफुलाई परिवर्तन गर्न नसकेको बताए । ‘कांग्रेसप्रती अझैपनि जनता आशावादी छन्,उनले भने,‘कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ । महामारी फैलिएको गुटमा भ्याक्सिन लगाउनु पर्छ ।’

पार्टि भित्र गुटका मान्छेलाई काखी च्याँप्ने र ईतर पक्षका विरुद्ध खनिने प्रवृत्तीले निर्वाचनमा अरुको बैसाखी टेक्नुपर्ने आवश्यक्ता आईपरेको उनले बताए । नेतागणका कारण कार्यकर्तामा निराशा पैदा भएको भन्दै उनले जनतालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।

धर्म, व्यवस्था र विकासका बारेमा तल्लो तहबाट आवाज उठीरहेको भन्दै नेता भण्डारीले जनताका समस्या समाधान गर्न तर्फ अग्रसर हुनुपर्ने बताए । जनताका सवाल एकातर्फ नेताहरुको व्यवहार अर्कोतर्फ भएपछी प्रश्न उठ्नु स्वभाविक भएको भन्दै उनले नेतृत्वकर्ताले आफ्नो आचरणमा सुधार ल्याउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?