माधव नेपाल समूहको राय : सम्भव भएसम्म कम्युनिस्ट सरकार जोगाउनुपर्छ

माधव नेपाल समूहको राय : सम्भव भएसम्म कम्युनिस्ट सरकार जोगाउनुपर्छ

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने बताएका छन् ।

पछिल्लो परिस्थितिबारे छलफल गर्न काठमाडौंको एक होटलमा भेला भएका एमालेको नेपाल समूहका केन्द्रीय कमिटीका नेताहरुले अहिलेको वामपन्थीको सरकार जोगाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रघुजी पन्तले भने ‘सरकारका बारेमा पनि साथीहरुको के सुझाव आएको छ भने सरकार वामपन्थीहरुको बनाउनुपर्छ’ उनले भने ‘ पार्टी फेरि पनि दुईवटा भएको छ, तत्काल एकता सम्भव होला नहोला वामपन्थीहरुको मोर्चा भए पनि बनाएर सरकार जोगाउनुपर्छ ।’

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले फेरि पनि वाम एकताको नेतृत्व लिनुपर्ने आवाज उठेको बताए ।

माधव नेपाल समूहले नेकपा एमालेलाई अब कसरी एकतावद्ध बनाउने भन्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको निश्कर्ष निकालेका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *