गुल्मीको रिडी-रुद्रवेणी-वामिटक्सर सडक कालोपत्रे गरिने

गुल्मीको रिडी-रुद्रवेणी-वामिटक्सर सडक कालोपत्रे गरिने

गुल्मी । गुल्मीको रिडी-रुद्रवेणी-वामिटक्सर सडक कालोपत्रे गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १४ करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्रे हुने भएको हो ।

गुल्मीको अति व्यस्त र पुरानो सडक भएपनि अझैसम्म कालोपत्रे हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । अब बजेट विनियोजन भएसँगै सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । सडक कालोपत्रे गर्न बजेटको व्यवस्था भएको र छिट्टै टेण्डर आह्वान हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । यो सडक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकभन्दा यो सडकमा धेरै सवारी साधन चल्ने गर्दछन् । बुटवल, पाल्पाबाट गुल्मी हुँदै बाग्लुङसम्म सवारी साधन जाने भएकाले यो सडक निकै व्यस्त हुने गरेको छ । सडक कालोपत्रे भएपछि गुल्मी र बाग्लुङ जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *