ओलीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक : मातृका यादव

ओलीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक : मातृका यादव

सप्तरी । नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रेस संगठन नेपाल सप्तरीले सदरमुकाम राजविराजमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन आफ्नो पार्टी कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र ‘महागठ’को संज्ञा दिंदै यादवले प्रचण्डलाई दुई पटक ठगेको आरोप लगाए । पार्टी र आन्दोलनलाई ध्वस्त बनाउने ओलीलाई परास्त गर्नु जरुरी रहेको उनको भनाइ थियो । ‘यसका निम्ति आफ्नो पार्टी कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छ ।’ उनले भने ।

आफ्नो पार्टीसहित कांग्रेस र जसपा मिलेर सरकार बनाउनुपर्ने धारणा उनले राखे । उनले यो सरकार बनेपछि जसपाले राख्दै आएको रेशम चौधरी रिहाइ संविधान संशोधनको कामलाई अगाडि बढाइने बताए । ‘सरकार बनेपछि रेशम चौधरीको रिहाइ हुन्छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुन्छ,’ उनले भने ।

उनले केपी ओलीसँग नमिल्न जसपाका नेतालाई आग्रह गरे । ‘ओलीले विगतमा धेरैलाई ठगेका छन् । भोलि जसपालाई पनि नठग्ला भन्न सकिन्न,’ उनले भने, ‘त्यसैले प्रतिगमनसँग होइन अग्रमगनसँग सहकार्य गरौं ।’

जसपाले प्रधानमन्त्री माग गरिरहेको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा बोल्दै नेता यादवले सत्ता नेतृत्वबारे छलफल भइरहेको बताए । उनले भने, ‘यदि कांग्रेसले जसपालाई प्रधानमन्त्री दियो भने हामी पनि तयार हुन्छौं ।’

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *