वर्तमान सरकारल देश चलाउन असक्षम: पुष्पा भुसाल

वर्तमान सरकारल देश चलाउन असक्षम: पुष्पा भुसाल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची ।
प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले वर्तमान सरकारले देश चलाउने नैतिकता गुमाईसकेको बताएकी छिन् । केपी ओली नेतृत्वको सरकारले कुनै नियम कानुनको पालना नगरेको र संविधान विपरित प्रतिनिधीसभा विघटन गर्नेजस्ता अलोकतान्त्रीक निर्णय गरेकाले सरकार चलाउने नैतिकता गुमाएको बताईन् ।

सन्धिखर्कमा भएको नेपाल शिक्षक संघको प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदिय दलका सचेतक समेत रहेकी भुसालले वर्तमान सरकारले देशलाई समृद्ध बनाउन नसक्ने बताईन् । भ्रष्टाचारी संरक्षण गर्ने र आफन्तहरुलाई भरणपोषण गरेर समृद्धी हासिल हुन नसक्ने उनको भनाई छ । अल्पमतको सरकारले अधिकार नहुँदा नहुँदै मन्त्रीमण्डल विस्तार, संवैधानिक नियुक्ती गर्ने कार्य गरेकाले अधिनायकवादको गंध आएको बताईन् । प्रधानमन्त्रीले एक–एक गरेर जनताको अधिकार खोस्दै गएको उनले बताईन् । मिडिया विधेयक, मानवअधिकार विधेयक, सुरक्षा परिषद् विधेयक मार्फत अधिकारहरु कुन्ठित गर्ने, अनुसन्धान विभाग, राजस्व विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुले सरकारको नियत प्रष्ट हुने बताईन् ।

सरकार बनाउन कांग्रेसले संवाद थालेको भन्दै नेतृ भुसालले कांग्रेसलाई सरकारमा जान कुनै हतारो नभएको बताईन् । वर्तमान सरकारले संविधान विपरित कार्यहरु गर्दै गएकाले भोलीका दिनहरुमा हुने निर्वाचनहरु स्वच्छ ढंगले नहुनेमा शंका व्यक्त गरिन् । ‘कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन । प्रधानमन्त्री, मन्त्री बन्न कसरत गरिएको पनी होईन,उनले भनिन्,‘वर्तमान सरकारले भविष्यमा गर्ने गतिविधी पनी शंकासपद छन्, चुनाव पनी नामका मात्र हुनेछन् । त्यसैले कांग्रेसले सरकार बनाउन पहल थालेको छ ।’ दुईतिहाईको प्रधानमन्त्रीले प्रतिनिधीसभा विघटन गरेको तर त्यसलाई सर्वोच्च अदालतले सच्चाएपछी राजिनामा दिनुपर्नेमा पदमै बसेर राज्यसंयन्त्रको दुरुपयोग गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले देशलाई उल्टो दिशामा हिंडालेर जनमतको अपमान गरेको बताईन् ।

‘शिक्षकहरुको मर्यादित पेशा, विद्यार्थीहरुलाई जिवनोपयोगि शिक्षा’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला प्रतिनिधिसभा सन्धिखर्कको बिपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा संघिय संसदमा कांग्रेसका सचेतक पुष्पा भुसाल र नेपाल शिक्षक संघका मोहन ज्ञवालिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती बिष्णु मुस्कान, पुर्व पार्टी सभापती पिताम्बर शर्मा भुसाल, महासमिती सदस्य सुर्य अधिकारी, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल, क्षेत्रिय सभापती अच्युत गौतम, नेपाल शिक्षक संघ केन्द्रिय समिती एवं सार्क टिचर्स फेडेरेशनका पुर्व अध्यक्ष मोहन ज्ञवाली, महिला नेपाल शिक्षक संघ संघिय समिति उप महासचिव धना भन्डारी, उप महासचिव नेपाल शिक्षक संघ लुम्बिनी प्रदेस शृजना पडिंत लगायतले मन्तव्य राख्दै नेपालको राजनितिक परिवर्तनमा शिक्षकहरुको भुमिकाको प्रसंशा गरेका थिए ।

कार्यक्रममा सेवाबाट निबृत तथा नयाँ नियुक्त शिक्षकहरुलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रम शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेको अध्यक्षता तथा सचिव लिलामणी पौडेलको संञ्चालनमा सम्पन्न भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *