मिताली राज एकदिवसीयमा ७ हजार रन बनाउने पहिलाे महिला क्रिकेटर

मिताली राज एकदिवसीयमा ७ हजार रन बनाउने पहिलाे महिला क्रिकेटर

काठमाण्डाै । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन पूरा गर्ने विश्वको पहिलो महिला क्रिकेटर बनेकी छिन् ।

आइतवार लखनउमा दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा ३८ वर्षीया मिताली राजले यो कीर्तिमान बनाएकी हुन् । आफ्नो करियरमा दुई सय १३ औँ एकदिवसीय क्रिकेटमा मिताली राजले यो उपलब्धि हासिल गरेकी हुन् । 

यसअघि दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटमा दश हजार रन पूरा गरेकी थिइन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वको दोस्रो महिला क्रिकेटर हुन् ।  

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *