२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

महिला भएकै कारण दुःख पाएँ भन्ने सोंच हटाउनुस्: नगरप्रमुख कमल प्रसाद भुसाल

भावना मगर
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले महिलाहरुलाई महिला भएकै कारण दुःख पाए भन्ने सोंच हटाउन आग्रह गरेका छन् । लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीयतहको भुमिका विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले महिलाहरु महिला भएकै कारण दुःख पाए भन्ने सोँचका कारण पछि परेकाले यस्तो सोंच हटाउन आग्रह गरे । उनले संविधानले महिलाहरुका हक अधिकारलाई सुनिश्चीत गरेको र स्थानीयतहले पनि धेरै अवसर दिएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

महिलाहरु कुनैपनी किसिमले पुरुष भन्दा दुर्बल नरहेको उल्लेख गर्दै उनले मानसिकता र सोंच परिवर्तन गर्नुपर्ने बताए । ‘पुरुष बलियो हुन्छन्, महिलाले सक्दैनन् भन्ने जस्ता कुराहरु सुन्छु, नगरप्रमुख भुसालले भने,‘कुनै कुरामा महिला कम छन् जस्तो लाग्दैन ।’ सबैका फरक फरक खुबी र क्षमता हुने भएकाले कसैले कसैलाई कमजोर सोंच्न नहुने उनको भनाई थियो ।

सञ्चारीका समुह लुम्बिनी प्रदेशको समन्वय र सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, अनेमसंघ केन्द्रिय सचिवालय सदस्य छमकुमारी खनाल चिनारी, महिला संघ जिल्ला सचिव छमा कार्की, अनेमसंघ केन्द्रिय सदस्य ईश्वरा पोख्रेल, कल्पना पोख्रेल, अन्तर पार्टी महिला संञ्जाल जिल्ला समन्वय सचिव माधवा भुसाल, कार्यपालिका सदस्य श्रीर्जना बिक, नगरसभा सदस्य आशा परियार लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगरसभा सदस्य, कार्यपालिका सदस्य, स्वयंसेविका, विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता, नगर प्रवक्ता तथा वडा नम्बर३ का वडाध्यक्ष लिलाराम गौतमको स्वागत मन्तव्य र पुष्पा भुसालको संचालनमा सम्पन्न कार्यक्रमको सहजिकरण संञ्चारीका समुह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले गरेकी थिईन्।

कार्यक्रममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीयतहले निर्वाह गर्नसक्ने भुमिकाका बारेमा व्यापक छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?