जिल्ला जनगणना कार्यालय स्थापना, प्रजिअ बिष्णु पौडेलद्वारा उद्घाटन

जिल्ला जनगणना कार्यालय स्थापना, प्रजिअ बिष्णु पौडेलद्वारा उद्घाटन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जनगणनाको तयारीका लागि अर्घाखाँचीमा कार्यालय स्थापना भएको छ । राष्ट्रिय जनगणना, २०७८ को लागि जिल्ला जनगणना कार्यालयको हटारिनेटा सन्धिखर्कमा उद्घाटन गरिएको हो । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ ।

चैत देखि असारसम्म रहने कार्यालयको जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । जिल्लामा जनगणना २०७८ का लागि सुपरिवेक्षक र गणक गरी तिनसय ८४ जना जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागी ७२ जना सुपरिवेक्षक र तिन सय १२ जना गणक परिचालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । जिल्लाका तिन इलाकामा जनगणना कार्यालयका साखा विस्तार गरिनेछ । बैशाख १ गते शितगंगाको ठाडा, सन्धिखर्कको सन्धिखर्क बजार र छत्रदेवको छत्रगंजमा कार्यालय स्थापना हुनेछन् । शितगंगाको ठाडा कार्यालयले शितगंगा नगरपालिका र पाणिनी गाउँपालिका, सन्धिखर्कको सन्धिखर्क कार्यालयले सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका, छत्रदेवको छत्रगंज कार्यालयले छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा गणना कार्य गर्नेछ ।

करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन्। करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति पनी बनाइएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *