भारत इंगल्याण्डसंग ८ विकेटले पराजित

भारत इंगल्याण्डसंग ८ विकेटले पराजित

एजेन्सी । इंग्ल्यान्डले घरेलु टिम भारतलाई तेस्रो टी-२० खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। यससँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ।

मंगलबार राति भएको खेलमा भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १० बल खेल्न बाँकी छदा पूरा गर्‍यो। इंग्ल्यान्डका लागि बटलरले नटआउट ८३ रन जोडे। उनले ५२ बलमा ५ चौका र ४ छक्का हिर्काए । उनका ओपनिङ पार्टरन जासन रोए भने ९ रनमा आउट भएका थिए । डविड मालनले १८ रन जोड्दा जोनी वायस्टोले नटआउट ४० रनको योगदान दिए । वायस्टोले २८ बलमा ५ चौका हिर्काए। बलिङमा भारतका युजभेन्द्र चाहल र वासिङटन सुन्दरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन जोड्यो । भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७७ रन जोडेका थिए । उनले ४६ बलमा ८ चौका र ४ छक्का हिर्काए। ओपनर रोहित शर्मा १५ रनमा आउट हुँदा केएल राहुल शून्य र इशान किसान ४ रनमै पेभिलियन फर्किए । भारतका लागि रिशव पन्तले २५ रन बटुल्दा श्रेयस इयर ९ रन र हार्दिक पाण्ड्याले १७ रन जोडे ।

बलिङमा इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए भने क्रिस जोर्डनले २ विकेट हात पारे ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *