जसपाले तीन वडा अध्यक्षसहित ४ जनालाई कारवाही गर्‍यो

जसपाले तीन वडा अध्यक्षसहित ४ जनालाई कारवाही गर्‍यो

बुटवल । जनता समाजवादी पार्टी रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टीबाट निर्वाचित तीनजना वडा अध्यक्ष र एकजना नगर कार्यपालिका सदस्यलाई कारवाही गरेको छ ।

पार्टीले वडा नंम्बर-३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमान, वडा नंम्बर-६ का अध्यक्ष नैमूल हक मुसलमान, वडा नम्बर-११ का अध्यक्ष अकरामुद्दिन मुसलमान र कार्यपालिका सदस्य अलरख मोहम्मद धुनियालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरेको हो । चारै जनालाई पार्टीबाट निश्कासनको कारवाही गर्न जिल्ला समितिले पार्टीको प्रदेश समितिलाई सिफारिस गरेको पार्टीका रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डे सागरले जानकारी दिए ।

जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानूनी व्यवस्था छ । पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टिकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निश्कासनको निर्णय गरिएको जिल्ला अध्यक्ष रामअवतार यादवले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यपालिकामा मेयर, उपमेयरसहित जसपाको वहुमत छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *